वीरगंज, ३१ साउन– पर्साको ठोरी गाउँपालिकामा करेन्ट लागेर शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठोरी गाउँपालिका–१ सरस्वतीनगरका ४० वर्षीय दुर्गाबहादुर मोक्तान रहेका छन् ।

घर नजिकै रहेको ससुरालीमा १३ औं दिनको मृत्यु संस्कार चलिरहेको स्थानमा जडान गरिएको बिजुलीको तारबाट अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

घाइते मोक्तानलाई उपचारका लागि ठोरी गाउँपालिका–२ स्थित स्वास्थ्य चौकी पु¥याइएको थियो । तर स्वास्थ्य चौकीले उनलाई मृत घोषणा गरेको मृतकका आफन्तले बताएका छन् ।

Leave a Reply