मनहर्वा,छुट्टाछुट्टै दुर्घटनामा बाराको पूर्वपश्चिम लोकमार्ग र त्रिभुवन राजपथमा १ जनाको मृत्यु हुनुको साथै ५ जना घाइते भएका छन ।
सिमरास्थित जगदम्बा स्टीलमा कार्यरत एक मजदुरको सवारी दुर्घटनामा मृत्यु भएको हो भने निजगढबाट ४ किमी पश्चिम पूर्वपश्चिम लोकमार्गमा टाटासोमु दर्घटनामा ५ जना घाइते बनेका छन ।
शनिबार राती जगदम्बा स्टीलमा कार्यरत बारा जिल्लाको करैयामाई गाउँपालिका ५ का ४० वर्षिय रामसुरत चौधरीको सिमरामा ट्रकको ठक्करबाट मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको थियो । उचार नहुँदै उनकोे ज्यान गएको भन्दै अस्पतालका चिकित्सकले मृत घोषणा गरेका छन् ।
सिमरास्थित जगदम्बा स्टिलभित्र प्रवेश गर्न सडकछेउमा राखिएको प्रदेश २ ०३१६ नम्बरको लहरी ट्रकले सर्भिस लेनमा मजदुरलाई ठक्कर दिएको हो ।
त्यसैगरी जीतपुरसिमरा वडा नम्बर १६ स्थित पूर्वपश्चिम लोकमार्गमा आइतवार यात्रुवहाक टाटासुमो दुर्घटना हुँदा ५ जना घाइते बनेका छन । काठमाण्डौंबाट यात्रु बोकेर गौरतर्फ जादै गरेको ना १ ज ७२४५ नम्बरको टाटासुमोको अगाडिपट्टीको टायर पम्चड बनेपछि टाँगियाबस्ति जाने कच्ची सडक नजिक बिहान ९ बजे पल्टिएको थियो ।
दुर्घटनामा रौतहटको गौर नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ३० का रफियुल्ला खान, सोही ठाउँ बस्ने अकवर खान, रौतहट चन्द्रपुर नगरपालिकाका जितेन्द्र कुवर, अजय कुशवार, भारत मोतिहारी चिरैया ग्राम बस्ने वर्ष २२ का सरोजकुमार साह, निजकी श्रीमति वर्ष २० की आंसिका साह र सोही ठाउँ बस्ने वर्ष १९ का श्रवणकुमार साह रहेका छन । घाइते मध्ये श्रवणकुमारलाई उपचारको लागि न्युरो अस्पताल वीरगन्ज पठाइएको र अन्य भने निजगढस्थित विभिन्न अस्पतालमा उपचरपछि घर पठाइएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिनुभयो ।