सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरले शनीवार बाहेकका सार्वजनिक बिदाका दिनमा समेत कार्यालय सञ्चालन गर्ने भएको छ ।कार्यपालिका आइतवार बसेकोबैठकले अत्यावश्यक सेवा प्रवाहका सम्बन्धमा शनीवार बाहेकका सार्वजनिक बिदाका दिन पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सार्वजनिक सूचनालाई उपमहानगरले कार्यान्वयन गरेको बताउनुभयो ।उपमहानगरले बुद्ध जयन्ती, गणतन्त्र दिवस, घटस्थापना, उँधौली पर्व, क्रिसमस डे, तमू ल्होसार, पृथ्वी जयन्ती, माघे संक्रान्ति, सोनाम ल्होसार, सहिद दिवस, महाशिवरात्री, ग्याल्पो ल्होसार, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, इद (इद उल फित्र) र बकर इदको दिन सेवा प्रवाह गर्ने जनाएको छ ।
गृह मन्त्रालयले २०८२ वैशाखदेखि २०८२ चैत मसान्तसम्म संघीय सरकार मातहतका पञ्जीकरण र राष्ट्रिय परिचयपत्र सम्बन्धी कार्य नियमित रूपमा सञ्चालन गर्न २०८१ फागुन १५ गते राजपत्रमा सूचना प्रकाशन गरेको थियो । सोही सूचनाका आधारमा उपमहानगरले वडा कार्यालयबाट सेवा प्रवाह गर्ने जनाएको छ ।

Leave a Reply