कलैया,कलैयामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका २३ का ६४ वर्षीय देउकी साह रहेका छन् ।मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते साहलाई उपचारका लागि काठमाण्डौ लैजादै गर्दा बाटोमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिनुभएको छ । पाण्डेका अनुसार साहलाई न्युरो अस्पतालबाट थप उपचारका लागि काठमाण्डौ लैजान लागिएको थियो ।कलैया उपमहानगरपालिका ६ स्थित सडकमा बाटो काट्ने क्रममा साहलाई बा८५प ७६०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक १८ वर्षीय अफरोज मंसुरी समेत घाइते भएका छन् । उनको गण्डक अस्पतालमा उपचार भईरहेको प्रहरी प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।



















