वीरगञ्ज,नेपाली कांग्रेस पार्टीको तराई–मधेस समन्वय विभाग सदस्यमा बाराका कृष्णव्रत सिंहसहित १० जनालाई मनोनयन गरिएको छ ।सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सोमवार विभागको प्रमुख किरण यादवको नेतृत्वमा १० जनालाई सदस्यमा मनोनयन गर्नुभएको हो ।
मनोनयन गरिएका सदस्यहरूमा बाराका सिंहसहित रौतहटका रामकृपाल यादव, सप्तरीका प्रमोदकुमार झा, सिरहाका अरूणकुमार सिंह, सर्लाहीका उमेश चौधरी, कपिलवस्तुका सहसराम यादव, नवलपुरका मोहनलाल कलवार, सुनसरीका श्यामदेव मेहता, काठमाडौँकी दिलमाया अधिकारी र कञ्चनपुरका लालबहादुर राउत राय रहेका छन्।पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार तराई–मधेस समन्वय विभागले तराई–मधेसका जिल्लाका पार्टी नेता तथा कार्यकर्ताबीच समन्वय गरी संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने बताइएको छ।तर, सो विभागको सदस्यमा पर्सा जिल्लाबाट भने एकजना सदस्य पनि परेका छैनन । विभागमा समावेश नभएको भन्दै स्थानीय कांग्रेस कार्यकर्ताहरू निराशा देखिएका छन । पर्सा जिल्लाले कांग्रेसका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भए पनि यसपटक विभागमा जिल्लाको प्रतिनिधित्व नहुँदा गुनासो र असन्तुष्टि बढेको छ।



















