बारा,नेपाल सरकारका खानेपानीमन्त्री एवम नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले अन्तर्राष्ट्रिय बिमानस्थल निजगढमा नै बन्ने ठोकवा गर्नुभएको छ । नेपाली काँग्रेस निजगढ नगर कार्यसमितिले आइतवार निजगढमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवम चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।

तत्कालिन वन मन्त्री रामसहाय यादव, अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री जीवनराम श्रेष्ठसहित नेपाली काँग्रेसका सभापति शेरबहादु्र देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाअध्यक्ष दुर्गा पौडेललाई निजगढमा बोलाएर विमानस्थल निर्माणको प्रतिवद्धता गर्न गलाएको र मन्त्री परिषदबाट समेत निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने निर्णय भइसकेको हुँदा कसैले चाहेर पनि रोक्न नसक्ने मन्त्री चौधरीले बताउनुभयो ।
निर्वाचन अचार सहिताका कारण वर्तमान सरकारले शिलान्यास गर्न नसकेको बताउदै मन्त्री चौधरीले निर्वाचन सकिने बित्तिकै शिलान्यस गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मन्त्री चौधरीले नेकपा एमाले मधेसी बिरोधी पार्टी भएको आरोप लगाउनुभएको छ । मन्त्री चौधरीले तराई मधेसका जनताहरुलाई प्रत्यक्ष फाइदा पुग्ने नागरिकता बिधेयक पास गर्नमा राष्ट्रपतीसंग मिलेर एमाले अध्यक्ष केपी ओलीले बिधेयक अलपत्रमा पारेको हुँदा तमाम मधेसीे जनताको भवनामाथि खेलबाड गरेको बताउनु हुदै संघीय लोाकतान्त्रिक गणतन्त्रलाई सखाप पारी मुलुकमा एकतन्त्रिक शासन ब्यवस्था लाध्न खोजेकोले ओलीलाई मधेसबाट नै सबक सिकाउनु पर्ने उहाँले बताउनुभयो ।
‘जुन मान्छे आफुले प्राप्त गरेको झन्डै दुई तिहाईको सरकारलाई बचाउन सकेन, मन्त्री चौधरीले भन्नुभयो, त्यो मान्छेलाई फेरि मतदान गर्नुको अर्थ छैन ।’ उहाँले आफनो स्वार्थ सिद्ध गर्नका लागि आफनै पार्टीका नेताहरुलाई भित्तामा पुर्याउने ओलीले देश कसरी चलाउन सक्नुहुन्छ भनेर प्रश्न गर्नुभयो ।
नेपाली जनतालाई सुखी नेपाली, समृद्ध नेपालको झुटो नारा बाढेर एमाले अध्यक्ष ओलीले देशलाई तहस नहस पारेको दोषारोपण गर्दै चौधरीले मानव अधिकारको हनन, अभिव्यतिm स्वतन्त्रतामा कुन्ठित एवम प्रेस स्वतन्त्रतामा समेत अंकुस लगाउने ओली सरकारलाई नेपाली जनताले चिनिसकेकाछन भन्नुभयो । उहाँले अब पनि एमालेको भ्रमको खेतीमा नपर्न आग्रह गर्नुभयो ।
मन्त्री चौधरीले आफू निर्वाचित बनेपछि क्षेत्र नम्बर १ मा शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाई, विद्युत, कृषि, बाटोघाटोमा आमुल परिवर्तन ल्याएको बताउदै जनताको हरेक दुखसुखमा साथ दिदै आएको पनि सुनाउनुभयो । यो क्षेत्रको बृहत्तर बिकासको लागि कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता जाहेर गर्दै सबैको मान सम्मान हुने गरी काम गर्ने उहाँले भन्नुभयो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस मधेसका उपसभापति चन्द्रशेखरकुमार यादवले नेपाली काँग्रेस पार्टी लोकतन्त्रको रक्षा, प्रेस स्वतन्त्रताको वकालत, संविधान कार्यन्वयन गर्न एवम संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने पार्टी भएको हुँदा आम नेपालीहरुको चहना अब नेपाली काँग्रेस नै भएको हुँदा रुख चिन्हमा मतदान गर्न सबैलाई आग्रहसमेत गर्नुभयो । त्यसैगरी महासमिति सदस्य शम्भुबहादुर बुढाथोकीले मधेस र मधेसी जनताको हकहितका लागि लडने एक मात्र पार्टी नेपाली काँग्रेस रहेका हुँदा मधेसको समस्या नेपाली काँग्रेसले नै हल गर्ने बताउनुभयो ।
नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ का सभापति बिजयशंकर यादवले उपेन्द्र यादवको जनता समाजवादी पार्टीले मधेसी जनतालाई धोका दिने काम मात्र गरेको बताउदै उपेन्द्र यादवले सत्ता र शक्तिको लागि मात्र राजनीति गर्नेले देश बनाउन्छु भन्नु लजास्पद कुरा रहेको बताउनुभयो ।
नेपाली काँग्रेस निजगढका नगर सभापती नवराज तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा युवराज लामा, रवि दंगाल लगायत ५ दलीय गठबन्धनका नेताहरुले आफनो विचार व्यक्त गर्नुभएको थियो ।














