निजगढ,लागु औषध बोकेको एउटा कारसहित ४ जनालाई बारा प्रहरीले अमलेखगन्जबाट पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको टोलीले बिआर ०५ एए ४२८५ नम्बरको भारतीय कारबाट लागु औषध अनेक्स सिरप (१ सय एमएल) को १० थान बोतलसहित उनीहरुलाई शनिवार नियन्त्रणमा लिएको हो ।हेटौडाबाट वीरगञ्जतर्फ आउदै गरेको सो कार अमलेखगन्जस्थित त्रिभुवन राजपथमा रोकेर चेकजाँच गर्ने क्रममा कारभित्र बक्समा लुकाएको अवस्थामा लागु औषधसहित चालक पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी वर्ष २० को राजेश्वकर साह, कारमा सवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ बस्ने वर्ष ३५ अमरूलाहक अंसारी, सोही ठाउँ बस्ने वर्ष ३५ को शेख फजिललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई लागु औषध मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान कार्य भईरहेको उपरीक्षक न्यौपानेले बताउनुभयो ।यसैबीच बारा प्रहरीले चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । चेक अनादरको बिगो शीर्षको मुद्दामा अदालतबाट सजाय फैसला भएपछि फरार रहेका जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर ४ सानो लौतन बस्ने ३५ वर्षका राजेशप्रसाद साह तेलीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एवंम प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले उनलाई घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । उनीमाथि बारा जिल्ला अदालतले चेक अनादर मुद्दामा १ वर्ष कैद सजाय सुनाएको थियो ।


















