पुष्पराज खतिवडा

मनहर्वा,अमलेखगञ्जमा शनिबार साँझबाट मध्य रातीसम्म सवारी साधनहरुका चालकहरुको स्वास्थ्य र सवारीको यान्त्रिक परीक्षण गरिएको छ ।

प्राविधिकहरूको सहयोगमा जिल्लामा भित्रिने र बाहिरिने लामो तथा छोटा दुरीका साना ठुला ५ सय ८० वटा सवारीको यान्त्रिक अवस्था र तीनका चालकको स्वास्थ्य परीक्षण गरिएको प्रहरी उपरीक्षक नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख नान्तिराज गुरुंङ्गले जनाकारी दिनुभयो ।

मधेश प्रदेशमा सवारी दुर्घटना बढिरहेको हुदाँ ट्राफिक प्रहरीले सडकमै चालकको स्वास्थ्य परीक्षण र सवारी साधनको यान्त्रिक परीक्षण गरेको हो । यसले चालकलाई रिफ्रेस बनाउनुका साथै आफुले चलाएको सवारी साधनको अवस्था र स्वमं चालकको स्वास्थ्यबारे जानकारी दिएको छ ।

यात्रुवाहक सवारी साधन चलाउने चालकको स्वास्थ्य अवस्था, यात्रुवाहक सवारी साधनको यान्त्रिक अवस्थाका बारेमा परीक्षण गर्ने र समस्या वा खराबी देखिएमा उपचारात्मक पद्धतिमा जान सुझाव दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ट्राफिक प्रमुख गुरुङ्गले जानकारी दिनुभयो ।

सो क्रममा सवारी चालकले राम्रोसँग देख्न सक्छ कि सक्दैन ? ब्लड प्रेसरको चाप कस्तो छ, स्वंम चालकले चालाएको सावारी साधनको अवस्था के छ भनेर चिकित्सकसहित प्राविधिकहरुको टोलीले स्वास्थ्य जाँच र सवारी साधनको यान्त्रिक परीक्षण गरेका थिए ।

यसक्रममा यान्त्रिक गढबढी देखिएका ३ वटा सवारी साधनलाई ट्राफिकले नियन्त्रणमा लिई तत्कालै नजिकैको ग्यारेजमा मर्मत गर्न पठाएको थियो । यसक्रममा तिनजना चालकमा उच्च रक्तचाप, मधुमेह र ३१ जना चालकमा उच्च रक्तचाप देखिएको थियो । ‘उच्च रक्तचाप, मधुमेह देखिएका ३ वटा सवारी चालकका ठाउँमा अर्को चालक ब्यवस्था गरी पठाइयोे गुरुङ्गले भन्नुभयो, परीक्षणका क्रममा ३ जना चालकले मापसे गरेको पाइयो र उनीहरुलाई पनि आवश्यक कारबाही गरियो ।’

सडकमै स्वास्थ्य जाँच हुने गरेकाले चालकहरु समेत खुसी बनेका थिए । ‘हामी अस्पताल गएर लाइनमा बस्नुपथ्र्यो तर आज सजिलो र छिटो बाटोमै जाँचियो’, चालक कृष्ण तिमल्सिनाले भन्नुभयो, ‘यो राम्रो काम हो । यसलाई निरन्तरता दिनसके अझ राम्रो हुन्थ्यो ।’

चालकहरुको स्वास्थ्य समस्याका कारण पनि कतिपय सवारी दुर्घटना हुने गरेका छन् । चालकले मादक पदार्थ तथा लागू औषध सेवन गर्ने जस्ता कारणले दुर्घटना निम्तिने पनि गरेको छ । सावारी साधन समयमा मर्मत नगर्ने, सवारी साधनको यान्त्रिक परीक्षण नगरी चलाउने गर्दा दुर्घटना निम्तन सक्छ भन्दै ट्राफिक प्रहरीले सञ्चालन गरेको शिविरले फाईदा पुग्ने अर्का सवारी चालक रबिन्द्र केसीले बताउनुभयो । उहाँले ट्राफिकलाई धन्यबाद समेत व्यक्त गर्नु भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रमलाई विवेक अटोमोवाइल्स प्रा. लि छातापिपरा, नेपाल मेडिसिटि वयोधा हसिपटल, पर्सा र नेपाल आँखा अस्पताल औराहा बाराको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो । शिविरमा चालकको आँखा परीक्षण, रक्तचाप परीक्षण, सवारी साधनको यान्त्रिक परीक्षण पनि गरिएको थियो ।

Leave a Reply