नेकपा एमालेबाट हालै निष्कासन गरिनुभएका भीम रावलले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्नुभयो र उहाँले नेपालमा नयाँ अभियान संचालन गर्ने पनि बताउनुभयो । नेकपा एमालेमा लामो समय राजनीति गर्नुभएका र एमालेको सुदुर पश्चिमका लागि खम्बा मानिएका रावलको एमालेको बर्गिहनपछिको यात्रा जे भएपनि यसले नेपालको समग्रमा कम्युनिष्ट आन्दोलनलाई भने अवश्य नै क्षति गर्ने छ । एमाले पनि कमजोर हुने छ निश्चित छ नै । अहिले त रावलको एमालेको बर्हिगमनबाट केपी ओलीलाई खासै फरक पर्ने छैन र परेको पनि छैन तर कालान्तरमा भने असर गर्ने छ ।
कुनै बेला नेकपासम्म भएका नेपालका कम्युनिष्टहरु अहिले निकै विभाजित छन् । एक व्यक्ति एक पार्टी जस्तो उनीहरुले क्रियाकलाप नै गरिरहेका छन् भन्दा पनि फरक नपर्ला । किनभने एमालेबाट विभजित माले अझै एक व्यक्ति जस्तैको रुपमा संचाति छ भने नेकपा समाजवादीको पनि यस्तै भएको छ अनि बामदेव गौतमको पनि कुरा यस्तै भएको छ । अनि माओवादीको त कुरै नगरौं ।
हिजोसंगै सशस्त्र संघर्ष गरेका माओवादी त एमालेभन्दा धेरै गुटहरु छन् । यसरी नेताहरु मुल पार्टीबाट विस्थापित हुनु वा मन नमिल्नु अथवा निष्कासनमा पर्नु समग्रमा कम्युनिष्ट राजनीतिमा क्षति नै हो । नेपालमा अब अहिलेको पुस्ताले यो कम्युनिष्टलाई त्यत्ति मन नपराएको देखिदैन । यसो हुनुमा कम्यूनिष्टको सिद्धान्त पढाउन नसक्नु पनि हो । नेताहरु विभाजन भएपछि कसले पढाउने अनि पढाएको कुरा कसले पत्याउने ?