बसन्त लामा

सिगौल, निजगढ नगरपालिका–३ अन्तर्गत गुम्बा टोलमा स्थानीयले पालेका गाई, भैसी तथा बाछा–बाछीमा लम्कीस्कीन रोगको प्रकोप फैलिँदै गएपछि स्थानीयवासी चिन्तित बनेका छन ।

स्थानीय हरिबहादुर लाम्छाने मगर र भक्तबहादुर लाम्छाने मगरको घरमा पालेका गाई तथा बाछा–बाछीमा लम्की स्कीन रोग पुष्टि भएको छ । यस्तै, सिंगौल वडा नम्बर ३ आसपासका अन्य बस्तीमा समेत गाई, गोरु, भैसी र बाछा–बाछीमा सो रोग व्यापक रूपमा देखा परेको स्थानीयवासीले बताएका छन ।

गुम्बा टोलमा केही समयअघि व्यापारीले बिक्रीका लागि ल्याएको पाडा खरिद गरी पालेका स्थानीयवासीका पशुचौपायासमेत रोगका कारण मरेको जनाइएको छ । त्यस्तै, सोही वडाको पिपलटार क्षेत्रका स्थानीयले पालेका पशुचौपायामा समेत लम्की स्कीन रोग फैलिएको भक्तबहादुर लाम्छाने मगरले जानकारी दिनुभयो ।

पशु चिकित्सकहरूको भनाईअनुसार लम्की स्कीन पशुचौपायमा लाग्ने सरुवा रोग भएकाले गाई, गोरु र भैसीको ओसार–पसारको क्रममा रोग फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

केही समय अघिदेखि सिगौल क्षेत्रमा स्थानीय तथा व्यापारीहरूले गाउँबाहिरबाट गाई, भैसी र पाडा खरिद गरेर ल्याएको र सोही चौपायबाट सिंगौलमा रोग भित्रिएको स्थानीयको भनाई छ ।

सिंगौलमा मात्र नभई धनसार खोला पारि पर्ने छिमेकी जिल्ला रौतहटको चन्द्रपुर नगरपालिका–३ अन्तर्गत अरुण बस्ती, पुरानो नर्सरी, भालुखोप र इपिल बस्तीमा समेत लम्की स्कीन रोग देखिएको जानकारी प्राप्त भएको छ ।

यसैबीच, स्थानीयवासीहरूले निजगढ नगरपालिकाको पशु शाखाले बेलैमा गाई–भैसीमा लम्की स्कीन रोगको खोप नलगाएकै कारण अहिले रोगको प्रकोप फैलिएको गुनासो गरेका छन । “पशु शाखाले गाई–भैसीमा पछि खोप लगाइन्छ भन्ने आश्वासन दिएको थियो, एक स्थानीयले भने, तर हालसम्म खोप नलगाइदा क्षति पु¥याएको छ ।” पशु शाखाले केही समयअघि सिंगौलका बाख्रामा भ्याक्सिन लगाएको थियो

Leave a Reply