कलैया,
बाराको कलैया श्रीपुरस्थित रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिजले आर्थिक वर्ष २०८२-०८३ को उखु क्रसिङ सिजन औपचारिक रूपमा समापन गरेको छ ।
उद्योगले सार्वजनिक गरेको सूचना अनुसार यस वर्षको उखु क्रसिङ कार्य २०८२ साल चैत २६ गतेदेखि बन्द गरिएको हो ।

मिलका वरिष्ठ प्रशासकीय अधिकृत रामनारायण यादवद्वारा हस्ताक्षरित सूचनामा उद्योगले यस सिजनमा कुल २९ लाख २९ हजार २ सय ६९ क्विन्टल उखु क्रसिङ गरेको उल्लेख गरिएको छ । उक्त परिमाण उद्योगले निर्धारण गरेको लक्ष्यभन्दा केही कम हो । ५० लाख क्विन्टल उखु क्रसिङ गर्ने क्षमता रहेको उद्योगले यस वर्ष ३३ लाख क्विन्टल क्रसिङ गर्ने लक्ष्य राखेको थियो । तर, उखुको आपूर्तिमा कमी आएपछि लक्ष्य पूरा हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।सिजन समापनको अवसरमा उद्योगले सार्वजनिक सूचना जारी गर्दै उखु आपूर्ति गर्ने सम्पूर्ण किसानहरूलाई धन्यवाद पनि व्यक्त गरेको छ ।

Leave a Reply