रतनपुर,आउँदै गरेको विजया दशमीलाई लक्षित गरेर मेची(महाकाली बुहारी संयुक्त आवाज बाराले निजगढ वडा नम्बर १० लालस्थित पलयुल साम्तेलिङ्ग गुम्बालाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको छ ।

बुहारी आवाजले गुम्बामा रहेका बालबालिकाहरूको लागि ७५ किलो चामल, १० किलो दाल, ३ दर्जन बिस्कुट, ५ लिटर खाने तेल, १ कार्टुन फ्रुटी, १ कार्टुन चाउचाउ, ३ किलो नुन, १० किलो आलु लगायतको खाद्यान्न सहयोग गरेको हो । मेची(महाकाली बुहारी संयुक्त आवाज बाराकी उपाध्यक्ष तथा समाजसेवी शान्ती मोक्तानले व्यक्तिगत खर्चबाट २५ जनालाई ५० रुपैयाको दरले नगद रकम पनि सहयोग गर्नुभएको संस्थाकी उपाध्यक्ष सगुन लामाले जानकारी दिनुभयोे । संस्थाले यसअघि पनि असाहय, गरिब र विपन्न समुदायका बालबालिकालाई विभिन्न किसिमको सहयोग गर्दै आइरहेको छ ।

कार्यक्रममा संस्थाकी अध्यक्ष सावित्री बराल तिमल्सिना, उपाध्यक्ष शान्ति मोक्तान, सगुन लामा, सचिव उषा थापा मोक्तान र सदस्य राधा अस्थानी मगर, उद्योग व्यवसायी मिना सापकोटा, महालक्ष्मी लाइफ इन्स्योरेन्स बारा निजगढका शाखा प्रवन्धक तथा समाजसेवी अमृता बस्नेतलगायतको उपस्थिति रहेको संस्थाकी सचिव उषा थापा मोक्तानले जानकारी दिनुभएको छ ।

Leave a Reply