कलैया,नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेस प्रदेशका जिल्लाहरुमा हुने कार्यक्रममा सरिक हुन आगामी सोमवार र मंगलवार बारा र पर्सा जिल्लामा आउनुहुने भएको छ ।बारा र पर्साका फरकफरक कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली मधेस प्रदेशमा आउन लाग्नुभएको हो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओली यहि बैशाख ३१ गते सोमवार पर्साको वीरगञ्ज र जेष्ठ १ गते मंगलवार बारा आउने कार्यक्रम छ । नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन उहाँ वीरगञ्ज आउने कार्यक्रम रहेको एमाले कार्यकताले जनाएका छन् ।
अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम बैशाख ३१ गते सोमवार नगर सभा गृह (टाउन हल) मा बिहान ११ बजेदेखि आयोजना गरिएको छ ।यसैगरी अध्यक्ष ओलीले मंगलवार बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्धाटन गर्ने कार्यक्रम छ । मंगलवार बिहान ११ बजे अध्यक्ष ओलीले भवनको उद्धाटन गर्ने जनाइएको छ ।

Leave a Reply