कलैया,जिल्ला प्रहरी कार्यालय बाराले व्यापारीहरूलाई धम्की दिई रकम असुल्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका– १० घडिअर्वा घर भई हाल वीरगञ्ज– १६ नवगा टोल बस्ने ४५ वर्षीय विष्णु सर्राफ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, सर्राफले आफूलाई पत्रकार बताउँदै बारा जिल्लामा व्यापार–व्यवसाय गर्ने व्यक्तिहरूलाई धम्की दिई रकम असुल्ने गरेको सूचना प्राप्त भएको थियो ।सोही सूचनाको आधारमा प्रहरीले विभिन्न माध्यमबाट खोजतलास गर्दै जाँदा आज (बिहीबार) बारा जिल्लाको प्रसौनी गाउँपालिका– ३ प्रसौनी गण्डक चोकबाट सर्राफलाई पक्राउ गरेको बारा प्रहरीले दाबी गरेको छ । पक्राउ परेका सर्राफमाथि धम्की, अभद्र व्यवहार र रकम असुली गरेको आरोपमा थप अनुसन्धान भइरहेको बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले जानकारी दिनुभयो । प्रहरीले यस्ता गैर कानुनी गतिविधिमा संलग्न अन्य व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिने प्रयास जारी राखेको बताएको छ ।

Leave a Reply