सिमरा,कृष्ण जन्माष्टमीको अवसरमा बाराको पथलैयामा सांगीतिक कार्यक्रम हुने भएको छ ।

भगवान श्रीकृष्णको जन्म भएको अवसरमा भदौ ३ गते राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित पथलैयामा ‘जन्माष्टमी सांगीतिक’ कार्यक्रम हुने भएको हो ।

स्थानीय युवाहरुको सहभागिता रहेको योङ्ग गीति व्याण्डले कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रमका लागि तयारी सुरु गरिएको व्याण्डका अध्यक्ष मनिक धौजुले जानकारी दिनुभयो ।

बिगतका वर्षहरुदेखि नैं जन्माष्टमीको अवसरमा पथलैयामा सांगीतिक कार्यक्रम हुने गरेको छ । पछिल्लो केही वर्षहरुमा भने कोभिड १९ का कारण कार्यक्रम हुन सकेको थिएन् । जन्माष्टमीका दिन पथलैयास्थित कृष्ण मन्दिरमा पूजा गर्नका लागि भक्तजनको भिड लाग्ने गरेको छ । सोही अवसरमा कृष्ण मन्दिरको खुल्ला चौरमा स्थानीय युवाको सक्रियतामा सांगीतिक कार्यक्रम र श्रष्टा सम्मान कार्यक्रम गर्न लागिएको हो ।

Leave a Reply