चुनाव नजिकिदै छ । स्थानीय तहको चुनावको समय नजिकिदै गर्दा चुनावी सरगर्मी बढ्नु पनि स्वभाविक नै हो । यद्यपि कुनै समय मुलुकको ठूलो पार्टी बनेको नेकपा माओवादी केन्द्र पर्सामा भने जात्रा देखिएको छ । पार्टी कार्यालयमा नै टिकट नपाएको भन्दै एक पक्षले आक्रमण गरेको छ र अर्को पक्षले त्यसको बिरोध गर्दै केहीलाई पार्टीबाट निष्काशन गरेको जनाएको छ ।
चुनावको मुखैमा भएका यस्ता हर्कतले माओवादी पर्साको भोलिको हविगत के होला भन्ने कुरा महत्वपूर्ण हो । वीरगन्ज महानगरपालिकाको मेयरको दाबी गर्दै बसेका रहबर अंसारीलाई पार्टीले कारबाही गरेको विज्ञप्ति सार्वजनिक भएको केही घण्टामा नै प्रदेश समितिबाट उनी कारबाहीमा नपरेको बताइएको छ ।
दुबैतिर तनाब भएपनि रबहर वा अरु कोही मेयरमा उठिरहँदा महानगरवासी र माओवादीका शुभचिन्तकहरुकै मत ल्याउने हो । वीरगन्जमा माओवादीले जित्ने संभावना छैंन र गठबन्धनमा पनि उसलाई पर्दैन । त्यसैले पनि माओवादी पर्सामा जात्रा देखाउनुभन्दा संयम अपनाएर पार्टीलाई एक बनाए भोलिका दिनमा पार्टी बलियो भन्ने हो ।