निजगढ,बाराको निजगढमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नम्बर १० लालका रामबहादुर डिमडुङको निजगढ ४ कछडियाटोल स्थित घरमा रंग लगाउने क्रममा विद्युतीय तारको करेन्ट लागेर मृत्यु भएको हो ।

स्थानीय ज्ञानबहादुर मोक्तानको नयाँ घरमा पेन्ट गर्ने क्रममा नेपाल क्रसर उद्योगमा लगिएको तारबाट करेन्ट भएर गम्भीर घाइते भएका रामबहादुरलाई उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज पु¥याइएको थियो ।

प्रहरीका अनुसार अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाबारेमा प्रहरीले ढिलो खबर पाएको थियो । अस्पतालले मृत घोषणाा गरेपछि मात्र प्रहरीले घटनाबारेमा जानकारी पाएको थियो ।

Leave a Reply