बिदुर खडका

डुमरवाना,जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा शाखाले उपमहानगरपालिकाभित्रका विद्यालयहरुलाई किताब र झोलाको मापदण्ड तोकेर सोही अनुसार गर्न पत्रचार गरेको छ । विद्यालयहरुको पठनपाठनको गुणस्तरभन्दा किताब र झोलाको भारि बोकाएर अभिभावकहरुलाई शिक्षाको गुणस्तर देखाउन विद्यालयहरुले विद्यार्थीहरुलाई झोलामा किताबको भारी बोकाउने गरेको अभिभावकहरुले बताएका छन ।विद्यालयहरुको हालै सार्वजनिक भएको कक्षा ८ को वार्षिक परीक्षाफलबाट विद्यालयमा शिक्षाको गुणस्तर निक्कै खस्किएको देखिएको थियो ।नगरपालिकाले पठाएको पत्र अनुसार कक्षा १ देखि कक्षा ५ संम्मका बालबालिकालाई खाजा सहित ४ केजीभन्दा बढी तौलको किताब, कापी, अन्य शैक्षिक सामग्री र झोला बोकाउन नपाइएने जनाइएको छ । कक्षा ५ माथि ८ कक्षा संम्मका विद्यार्थीहरुलाई ६ केजी र ८ कक्षादेखि माध्यामिक तहसंम्मका विद्यार्थीहरुलाई ८ केजीसंम्मको भारी मात्रै बोकाउन पाईने जनाइएको छ ।

Leave a Reply