राजन कुमार बानिया
पोखरिया,पर्साको पोखरिया नगरपालिका वडा नम्बर ८ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जगतपुरका छात्रछात्रालाई एक कार्यक्रमकाबीच सोमवार ७४ थान साइकल वितरण गरिएको छ ।पोखरिया नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष एंव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोरी साह तेलीको अध्यक्षतामा भएको सो कार्यक्रमा कक्षा ८ र ९ का ७४ जना छात्रालाई साइकल वितरण गरिएको हो । कक्षा ८ मा रहेका६३ र कक्षा ९ का कुल५८ गरी १२१ छात्रछात्रा मध्ये कक्षा ८ का ४३ र कक्षा ९ का ३१ जना छात्रछात्रालाई साइकल वितरण गरिएको विद्यालयका प्रधानाधयापक लालबाबुप्रसाद चौहानले जानकारी गराउनुभएको छ ।कार्यक्रममा देवेन्द्र गुप्ता, हिरालाल मुखिया बिन,राकेश साह,सकिला खातुन,ईर्फाना खातुन, राष्ट्रिय अनुसन्धान कार्यालय पोखरियाका अनुसन्धान प्रमुख गुलाम मुस्तफा विद्यालयका शिक्षक, शिक्षिका तथा समाजसेवीहरको सहभागिता रहेको थियो ।

Leave a Reply