निजगढ,रिटर्नी माईग्रेट नेपालले स्थापनाको ५औं वार्षिकोत्सवको अवसरमा बुधवार निजगढमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजनागरेको छ ।

‘प्रवासबाट आर्जित सीप ज्ञान् र पूँजी स्वदेशका लागि’ भन्ने मुल नाराका साथरिटर्नी माईग्रेट नेपालले शुभकामना कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो । निजगढ पार्टी प्यालेसमा भएको कार्यक्रममा रिटर्नी माईग्रेट केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज रामकृष्ण घिमिरे लगायतको उपस्थितिमा केक काटेर शुभकामना आनप्रदान गरिएको थियो ।

रिटर्नी माईग्रेट नेपाल बारा जिल्ला अध्यक्ष रसिक सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतितिमा केन्द्रीय सचिव तथा मधेश प्रदेश ईन्चार्ज रामकृष्ण घिमिरे र विशिष्ट अतिथिमा नेकपा एमालेको मधेश प्रदेश सदस्य एकबहादुर श्रेष्ठ, मधेश प्रदेश सदस्य तथा कोल्हबी नगर अध्यक्ष एंव युवा समाजसेवी सुजन अधिकारीरहनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि घिमिरे, एकबहादुर श्रेष्ठले शुभकामना मन्तव्य दिनुभएको थियो । साथै कार्यक्रमको सञ्चालन मधेस प्रदेश अध्यक्ष थानेश्वर सापकोटा अविरलले गर्नुभएको थियो ।

रिटर्नी माईग्रेट नेपालले युएनडिपी, युरोपियन युनियन र ब्रिटिस काउन्सिलको आर्थिक सहयोगमा निजगढसहित बाराका ३ पालिकाका र देशभरिका विभिन्न १५६ पालिकामावैदेशिक रोजगारबाट फर्किएकालाई स्वरोजगार बनाउने उद्देश्यका साथ रोजगारमूलक तालिम सन्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here