हेटौंडा । मानव अधिकारका लागि महिला ,एकल महिला समूह मकवानपुरले एकल महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि कुखुरा बितरण गरेको छ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ मा मंगलबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई कुखुरा सहित दाना बितरण गरिएको हो । रमा बिकको अध्यक्षतामा र सोही वडाकी वडा सदस्य रुकमिणि गोङ्वाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा दश जना एकल महिलाहरुलाई १५,१५ वटाका दरले कुखुरा र १०,१० किलोका दरले दाना तथा २,२ वटा पानी तथा दाना दिने भाँडा समेत प्रदान गरिएको छ । कार्यक्रामा वडा सचिब रामलाल थिङ्ग ,मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी महासचिव शारदा चौलागाईं र जिल्ला सदस्य कल्पना आचार्य लगायतको उपस्थिति रहेको थियो ।
















