रौतहट,बारा र रौतहटमाम भारतसंग सीमा जोडिएका नाकाहरुबाट सीमा वारपारको तस्करी कार्य फस्टाउँदै गएको छ । तस्करी नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीको मिलोमतोमा अबैध रूपमा तस्करी कार्यले तीव्रता पाएको हो ।

मधेश प्रदेश अन्तर्गत पर्ने मध्य तराईको बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी सहितका जिल्लाहरुको सिमावर्ती चोर नाकाबाट सुरक्षाकर्मीको मिलोमतोमा अबैध तस्कारीले तिव्रता पाएको स्थानीय बासिन्दाहरुकले गुनासो गरेका छन् ।

भारतसँग जोडिएका सबै सीमा नाकाहरुमा सुरक्षाकर्मीको सेटिंगमा तस्करी कार्य मौलाएको हो । रौतहट बन्जहराबाट ठुलो मात्र तस्करी फस्टाएको स्थानीयहरूको गुनासो रहेको छ । त्यस्तै बाराको महागढीमाई नगरपालिकामा पर्ने इनर्वा, ब्रह्मपुरी र स्वर्ण गाउँपालिका क्षेत्रसँग जोडिएका सीमावर्ती क्षेत्रमा चोर बाटो प्रयोग गर्दै दैनिक लाखौं मूल्य सामानको तस्करी भइरहेको छ ।

तस्करहरुले प्रहरीको सहयोगमा राजश्व छली गर्दै खाद्यान, चिनी, टिना तेल, आलु, प्याज, लत्ताकपडा, कस्मेटिक आइटम, इलेक्ट्रोक सामग्री, गुट्खा, हार्डवेयर लगायतका सामग्री दैनिक नेपाल भित्र्याइरहेका छन् । त्यस्तै प्रतिबन्धीत लागुऔषध गाँजा, चरेश तथा छोकडा, मरिच, इन्धन लगायातका सामग्रीहरु नेपालबाट भारत तस्करी भइरहेको छ ।

सीमा नाकाबाट हुँने तस्करीमा इलाका प्रहरी कार्यालय कवही, तेलकुवा प्रहरी चौकी, चरमोहना प्रहरी चौकी, सशस्त्र क्याम्प मंझरीया, बरियापुर प्रहरी चौकी, गञ्जभवानी प्रहरी चौकी लगायतको सशस्त्र तथा नेपाल प्रहरीका युनिटहरु कै संलग्नता रहेको स्थानीयहरु बताउछन् ।

स्थानीयहरुका अनुसार प्रहरीले तस्करहरुसँग आर्थिक लाभ लिएर खुल्ला रुपमा तस्करी गर्न दिरहेका छन् । राजश्व छली गर्दै तस्करहरुसँग विशेष साँठगाँठ गर्नेमा इलाका प्रहरी कार्यालय कवहीगोठका प्रहरी इन्चार्ज, प्रहरी चौकी बरियापुरका प्रहरी सहायक निरीक्षक त्यसैगरी गंजभवानीपुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक लगायतकाको संलग्नता छ । प्रहरी युनिट तथा सशस्त्र प्रहरी क्याम्प मंझरीया तथा बरियापुरमा रहेको सशस्त्र प्रहरी युनिटले महिनाको लाखौं भन्दा बढी रुपैंया तस्करसँग असुली गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here