सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहस्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको अवसर पारेर संस्थाले आफ्नों नवनिर्मित कार्यालय भवनको उद्घाटन पनि गरेको छ । भवनको उद्घाटन नेफ्स्कुनका अध्यक्ष पौड्यालले गर्नुभएको हो ।
साधारण सभाको प्रमुख अतिथि समेत रहनुभएका पौड्यालले घण्टीमाई सहकारी उत्कृष्ट संस्थाको रुपमा अघि बढिरहेको बताउनुभयो । सहकारीको सिद्धान्त र उद्देश्यमा केन्द्रीत रहेर संस्था अघि बढाउन सके सबै संस्था सफल हुने पौड्यालले बताउनु भएको छ ।
साधारणमा सभामा मधेस प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, जीतपुरसिमरा उपमहानगरपालिकाकी पूर्वनगर उपप्रमुख सरस्वतीदेवी चौधरी, नेफ्स्कुनका कार्यकारी अधिकृत प्रकाश पोखरेल, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुर, औराह उपभोक्ता सहकारी संस्थाका अध्यक्ष पूर्णचन्द्र तिमिल्सिना, हातेमालो बचत तथा ऋण सहकारी संस्थाका सचिव दिपक भट्ट, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख सुरेश लागे लगायतकाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा संस्थाकी अध्यक्ष कोपिला सिंखडाले प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो ।