निजगढ,निजगढ ६ को श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा आज भएको रक्तदान कार्यक्रममा ६५ जनाले रगत दान गरेका छन ।श्रीकृष्ण प्रणामी धर्म महोत्सवको अवसरमा विविध कार्यक्रमसहित रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा महिला र पुरुष गरी ६५ जनाले रक्तदान गरेको महोत्सव आयोजक समितिका महासचिव प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

त्यसैगरी महोत्सवमा आज नै बालिकाहरुको लागि आयोजना गरिएको गुन्युचोलो कार्यक्रममा ३ दर्जनभन्दा बढीको गुन्युचोली गरिएको छ । महोत्सवमा मासिकश्राव शुरु भइनसकेका बालिका र किशोरीहरुको लागि गुन्यु चोलो गरिएको हो ।
त्यसैगरी महोत्सवमा आज पनि बटुकहरुको व्रतबन्ध गरिएको महासचिव सापकोटाले जानकारी दिनुभयो । गत शनिवार महोत्सवमा ४२ जना बटुकहरुको सामुहिक ब्रतबन्द गरिएको थियो । आज राति श्रद्धालुहरुले लाखबत्ति बालेर जाग्रम बसेपछि भोलि दिउसोबाट महोत्सव समापन हुने जनाइएको छ । दिउसो १ बजे पूर्णाहुति गरेर महोत्सवको समापन गरिने महासचिव सापकोटाले जानकारी दिनुभयो ।
महोत्सवमा श्रीमद्भागवत महापुराण कथा वाचनसंगै बटुकहरुको व्रतबन्ध, कन्याहरुको गुन्युचोली, शिशुहरुको लागि अन्नप्राशन, ग्रहपूजन, वास्तु पूजन लगायतका वैदिक अनुष्ठान आयोजना गरिएको थियो ।
फोटो पनि छ ।


















