कोल्हबी,जंगली हात्तीको आक्रमणबाट बाराको कोल्हबी नगरपालिकामा एकजना पुरुषको ज्यान गएको छ ।जंगली हात्तीको आक्रमणबाट कोल्हबी नगरपालिका वडा नम्बर ९ अडेम्बा बिर्ता घर भएका अन्दाजी ५५ वर्षिय पारस खा थारूको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।​

भैँसीको पाडा किन्न भनेर आइतवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगिया बस्ती गएर साँझ घर फर्किने क्रममा टाँगियाबस्ती र सखुअवा टोलको बीचमा पर्ने जङ्गलमा हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताउनुभयो ।​

मृतक थारुको शव पोष्टमार्टमका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।अघिल्लो एक सातादेखि उक्त स्थानमा हात्तीको गतिविधि तीव्र बनेको छ । गत शुक्रवार रातिदेखि लगातारजसो आउने गरेको जंगली हात्तीले कोल्हबी नगरपालिका वडा नम्बर ५ ककडी टोलका किसानले लगाएको मकै र गहुँ बाली खाएर नष्ट पारेको छ । हात्तीको बथान बस्तिमा प्रवेश गरि स्थानीय बैजनाथ चौधरीको घरको बार भत्काइ घरभित्र रहेको दुई बोरा चामल समेत खाएपछि स्थानीय त्रसित हुँदैआएका थिए । जंगली हात्तीले घरको बार भत्काएको जानकारी पाएपछि चौधरीको परिवारले घरबाट भागेर ज्यान जोगाएका थिए ।

Leave a Reply