पुष्पराज खतिवडा
मनहर्वा,चाडबाँड नजिकिएसँगै बारा प्रहरीले अबैध मदिरा कारोबारमा कडाइ गर्न थालेको छ ।
यसैसाता जिल्लाका ३ पालिकाका केही वडाका घरेलु मदिरा बनाउने भ्टीमा छापामारी गरी प्रहरीले ६ हजार तयारी मदिरा सहित २६ हजार लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ । अपराधिक गतिविधि न्यूनीकरण गर्ने उद्देश्यले थालिएको अभियान अन्तर्गत जिल्लाका ३ पालिकामा संचालित ११ भट्टीबाट अबैध घरेलु मदिरा नष्ट गरिएको बारा प्रहरीले जनाएको छ ।
प्रहरीले गत भदौं १९ गते सिम्रौगढ र पचरौता नगरपालिका तथा बारागढी गाउँपालिकाका विभिन्न स्थानका भट्टीमा छापामारी गरेको हो । मदिरा उत्पादन, खुल्ला बिक्री वितरणसँगै बढेको घरेलु हिंसा, बालबालिका विरुद्ध हुने अपराध र सवारी दुर्घटनाका जस्ता घटना न्यूनीकरण गर्ने उदेश्यले घरेलु मदिरा विरुद्ध कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामकाजी थापाले बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले भट्टीहरूबाट ६ हजार लिटर तयारी मदिरा सहित २० लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको उहाँले जानकारी दिनुभयो । छापामारीको क्रममा ठुलो परिमाणमा मदिरा उत्पादन गर्न प्रयोग गरिने मेसिन, भाँडाकुडा र ड्रमहरू पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।