बिदुर खडका
डुमरवाना,जीतपुरसिमरास्थित डुमरवाना कलेजको १६औं बार्षिक उत्सव तथा १७औं स्थापना दिवसको अवसरमा मंगलवार रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।मधेस प्रदेससभा सदस्य रबिन्द्र दास श्रेष्ठले उद्धाटन गर्नुभएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए ।

रक्तदाता मध्ये हरी थपलियाले ४६औं पटक रक्तदान गर्नुभएको हो । कार्यक्रममा कलेज प्रमुख राधेश्याम शिवाकोटीले कलेजको गतिविधिबारे प्रकास पार्नुभएको थियो ।
उद्धाटन कार्यक्रममा सिमरा कलेज प्रमुख शालिकराम अधिकारीले देशमा शैक्षिक जनशक्ति घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको थियो । सहकारी अभियन्ता राजु अधिकारीले भने देशमा युवा बेरोजगार र शैक्षिक जनशक्ति घट्नुमा सबै पक्ष दोषि रहेको जनाउनुभएको छ ।

कार्यक्रममा त्रिविविका प्रतिनिधि एवंम वीरगञ्जस्ति ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक डा. विश्वम्भर शर्मा र स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले कलेजको प्रगतिको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
ग्यासुदिन मियाँले संञ्चालन गरेकोे कार्यक्रमको अध्यक्षता कलेज संचालक समितिका अध्यक्ष अनिल मैनालीले गर्नुभएको थियो ।

Leave a Reply