दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको महागढीमाई नगरपालिका वडा नम्बर ५ को बगडमपुरस्थित बौधीमाई रंगशला प्रथम विधायक कप– २०८० बुधवारबाट शुरु भएको छ ।श्री बौधीमाई किक्रेट क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको प्रमुख अतिथि एवंम महागगढीमाई नगर प्रमुख पदका प्रत्याशी राजाबाबु साहले रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।उद्धाटन कार्यक्रममा कलवार महासंघ बाराका उपाध्यक्ष श्री हरेकृष्ण जयसवाल, महागढीमाई नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उपेन्द्रप्रसाद जयसवाल, महागढीमाई नगरपालिकाका नगर कार्यपालिका सदस्य मनोज साह कलवार, बारागढी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष सुरेशप्रसाद चौधरी, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बगडमपुरका निमित्त प्रधानध्यापक सरोजकुमार पासवान, समाजसेवी सिकी जयसवाल, सञ्चारकर्मी दिपेन्द्र जयसवाल लगायतको उपस्थिति रहेको थियो ।आयोजक बौधीमाई क्रिकेट क्लब बगडमपुरका अध्यक्ष सरोज जयसवालको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन दिपेन्द्र जयसवालले गर्नुभएको थियो ।

Leave a Reply