Doctor controls the process of dialysis in hospital

वीरगन्ज,नारायणी अस्पतालमा रहेका ६ वटा डाइलासिस मेसिन मध्ये तीन वटा मेसिन हाल बिग्रिएको अवस्थामा रहेको पाइएको छ । नारायणी अस्पतालले चार वटा डाइलासिस मेसिन कोरोना संक्रमण नभएका बिरामीका लागि छुट्टाएर राखेको छ भने दुई वटा मेशिन कोरोना संक्रमितहरुको उपचारका लागि भन्दै छुट्टाएर राखेको छ । तर हाल ती दुबै डाइलोसीस मेसिनले काम नगरेको अस्पतालका निमित्त मेसु डा. बीरेन्द्र प्रधानले बताउनुभयो । उहाँले बिभिन्न प्रविधिको प्रयोग गरेर बिग्रिएको डाइलासिस मेसिन प्रयोगमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । मेसु प्रधानका अनुसार अन्य चारवटा डाइलोसीस मेशीन मध्य थप एउटा मेसिनमा पनि समस्या देखिएको छ । मृगौला बिरामीका लागि अति आवश्यक पर्ने डाइलोसिस मेसिनमा समस्या आएपछि यस क्षेत्रका बिरामीहरु मारमा परेका छन् । तर निमित्त मेसु प्रधानले भने कुनैपनि हालतमा उपचार नपाएर नागरिकहरु मर्नुपर्ने अवस्थाको अन्त्य आफूले आफ्नो कार्यकालमा गरी छाड्ने दाबी समेत गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here