धिरेन्द्र तिवारी

कलैया,नेपाली कांग्रेश बारामा रहेका दुई गुटको प्रभाव नेपाल विद्यार्थी संघठन र नेपाल तरुण दलमा पनि देखापरेको छ ।

बिपी जयन्तिको अवसरमा शुक्रवार नेबिसंघ र तरुण दलले कलैयामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेपछि भातृ संघठनमा पनि पार्टीभित्र रहेको गुटबन्दी प्रभाव देखिएको हो ।

बिपी जयन्तिको अवसरमा नेपाल तरुण दल बाराले कलैयास्थित प्रदेशशिक अस्पतालका बिरामीहरुलाई फलफूल बितरण गर्नुको साथै बिचार गोष्ठी कार्यक्रमको पनि आयोजना गरेको थियो । कार्यक्रममा तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल, नेपाली काङ्ग्रेसका नेता लुकेश सिह, राममणी गुप्ता, युवा नेता हरिओम पटेल, सुनिल कुशवाहा, सुर्ज पटेल, रामबिहरि पटेल, महिला नेतृ कलावति पासवानलगायतको सहभागीता थियो ।

कार्यक्रममा सहभागी सबै जिल्ला पार्टी सभापती राजेश यादव पक्षधर हुन भने अर्को पक्षका नेता कार्यकर्ताहरु कार्यक्रममा देखिएका थिएनन ।

सभापती राजेशको विपक्षी गुटमा रहेका नेता कार्यकर्ताहरु भने नेबिसंघले कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित अमृता अनाथालय आश्रममा आयोजना कार्यक्रममा सहभागी बनेका थिए । सो कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सचिव राजेश रौनियार, मैयाराम यादव, नेबिसंघ बाराका अध्यक्ष राकेश पाणडे, युवा नेता अरबिन्द पटेल र बिनयराज शर्मा लगायको सहभागिता थियो । उनीहरु सबै सभापती राजेश यादव विरुद्ध उपसभापती मनोज भट्टले नेतृत्व गरेको गुटमा आवद्ध रहेका छन । कार्यक्रममा अनाथालयमा आश्रित २५ बालबालिकाहरुलाई फलफूल तथा स्टेसनरी सामग्रीहरु बितरण गरिएको थियो ।

पछिल्लो समय बारामा जिल्ला सभापती यादवले एउटा र उपसभापती मनोज भट्टले नेतृत्व गरेको बहुमत कार्यसमितिका सदस्यहरुबीच गुटबन्दी तीव्र बन्दै आएको छ ।

Leave a Reply