राजन कुमार बानिया
पोखरिया,पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार जालिम मियाँले मतदाता घरदैलो अभियान सुरु गर्नुभएको छ । सोमबार एमालेका उम्मेदवार जालिमले जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ सुहपुर सोहरी र हरपुरमा मतदाता भेटघाटको क्रममा घरदैलो गर्नुभएको हो ।दोस्रो पटक उम्मेदवार बनेका जालिमले घरदैलोको क्रममा मतदान गरेर नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको थियो । उहाँले यसअघि पटक पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएका व्यक्तिले क्षेत्रमा केही काम नगरेकाले यसपटक एमालेलाई मौका दिन मतदातासंग आग्रह गर्नुभएको थियो ।
राष्ट्रको विकासमा एमालेको महत्वपूर्ण भुमिका रहेकाले यसपटक बहुमतका साथ निर्वाचित गराउनुपर्ने उहाँको भनाई छ ।

जेनजी आन्दोलनका साथ देश विकासमा पछि परेकाले देशलाई सहि ट्याकमा ल्याउन एमालेको बहुमतको बनाउन मतदातासंग उहाँले आग्रह गर्नुभएको हो ।०७९ सालको निर्वाचनमा एमालेका उम्मेदवार जालिम नेपाली कांग्रेसका रमेश रिजालसंग ५ हजार मतान्तरमा पराजित हुनुभएको थियो ।

Leave a Reply