निजगढ,स्थानीय युवाहरुको एउटा समूहले निजगढ नगरपालिकाको सिंगौलमा जबरजस्ति रकम असुल्न थालेपछि निर्माण व्यवसायीहरु चिन्तित बनेका छन ।व्यवसायीहरुसंग जबरजस्ति रकम असुलीमा सक्रिय रहदै आएको सो समूहले संघीय, मधेस प्रदेश र नगरपालिकामार्फत संचालन गरिएका विकास निर्माण योजनाको ठेक्का सकारेर निर्माणको काम गर्दैआएका व्यवसायीहरुलाई धम्काएर रकम असुल्ने गरेको हो ।

योजनाको बजेटअनुसार उनीहरुले प्रतिव्यवसायी १० हजारदेखि ५० हजारसम्म असुल्ने गरेको व्यवसायीहरुले बताएका छन । ‘हुल बाँधेर आउछन, सोही क्षेत्रमा काम गर्ने एकजना व्यवसायीले भने, पैसा नदिएर जे पनि हुनसक्छ भन्दै धम्काउँछन ।’ उनले स्थानीय र प्रहरीले समेत आफूहरुको समस्यामा चासो नदिएको गुनासो गर्दै व्यक्रिगत र व्यवसायिक सुरक्षाको लागि पैसा दिन बाध्य भएको बताए । उनले रकम लिएको घटना सार्वजनिक नगर्नभन्दै सो समूहले व्यवसायीहरुलाई धम्काउने गरेको र त्रासका कारण आफूहरुले पनि बोल्न नसकेको बताएका छन ।सिंगौलमा लामो समयदेखि व्यवसायीहरुसंग रकम लिने र सर्वसाधारणको अपहरण गरेर फिरौति असुल्ने कार्यमा समेत सक्रिय सो समूहले निजगढका व्यवसायीहरुसंग पनि रकम असुली गर्ने गरेको बताइएको छ ।सिंगौलमा हाल संघीय, मधेस प्रदेश र निजगढ नगरपालिकाको समेत गरेर ३ करोडभन्दा बढी लागतमा सडक, नाला, विद्यालय भवन निर्माणका योजनाहरु संचालनमा छन ।

Leave a Reply