बारा,बारा प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका एक प्रतिवादीलाई कलैयाबाट बुधवार बिहान पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर १६ दोहरी पकडी टोल बस्ने नागेन्द्र रामलाई पक्राउ गरेको हो ।

रामलाई प्रहरी टोलीले आफ्नै गाउँ÷घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पेस गरेको छ ।

बारा जिल्ला अदालतको फैसला आदेशले लागूऔषध (गाँजा) मुद्दामा एक वर्ष कैद र ५ हजार रुपैया जरिवाना ठहर भएपछि फरार रहेका रामलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

Leave a Reply