सखुवाप्रर्सौनी,सब डिभिजन वन कार्यलय बडनिहार पर्साबाट खटेको वन सुरक्षाकर्मीको टोलीले पर्सागढी नगरपालिका वडा नम्बर १ को मानवा गाउँबाट बुधबार बिहान ६ क्विफिट काठसहित एउटा साइकल बरामद गरेको छ ।
राष्ट्रिय वन क्षेत्रबाट तस्करी गरेर ल्याउदै गरेको अवस्थामा काँचो सालको गोलियासहित गस्ति टोलीले साइकल बरामद गरेको हो । गस्ती टोलीलाई देखेपछि काठ तस्करहरु काठसहितको साइकलमा छोडेर भागेको सब डिभिजन कार्यालय बडनिहारले जनाएको छ ।