कृष्णकुमार साह

सेढवा,पर्साको ठोरी गाउँपालिकाबाट अबैध रुपमा भारतबाट नेपाल भित्र्याउदै गरेको २० वटा ब्रोइलर कुखुरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट पारेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुरबाट सशस्त्र प्रहरी निरीक्षक दिपक नापितको नेतृत्वमा गएको सशस्त्र प्रहरीको गस्ती टोलीले ठोरी गाउँपालिका वडा नम्बर चार गोपी बस्तीबाट उक्त कुखुरा बरामद गरेको हो ।
नियनत्रणमा लिइएको कुखुरा लाई स्थानीयबासी, भद्रभलादमी र सन्चारकर्मीको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गण वीरगन्जका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
फोटो पनि छ ।
माँ अजिमा टेड्रर्सको ‘कायापलट’ विशेष योजना
निजगढ,
टिभिएस मोटरसाइकल र स्कुटरहरुको आधिकारिक बिक्रेता माँ अजिमा टेड्रर्सले विजया दशमी पर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ ।
निजगढ नगरपालिका वडा नं. ९ स्थित माँ अजिमा टेड्रर्सले सो योजना अन्तर्गत आफ्ना ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने योजना अघि सोरेको टेड्रर्सका संचालक रबि राजभण्डारीले जानकारी दिनुभयो ।
भदौ २० गतेबाट देशभर सीमित अवधिको लागि उपलब्ध ‘कायापलट’ योजना अन्तर्गत एक लाखसम्म जित्ने मौका समेत रहेको छ ।
हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी ३० स्मार्ट फोन प्रदान गरिनेछ भने हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार समेत उपलब्ध गराइने जनाइएको छ ।
विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्रमार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने माँ अजिमा टेड्रर्सले जनाएको छ ।

















