कलैया, नेपाल पत्रकार महासङ्घ बाराको अध्यक्षमा रमेश सुवेदी निर्वाचित भएका छन् । शुक्रवार नेपाल पत्रकार महासङ्घको देशभर एकैसाथ सम्पन्न निर्वाचनको क्रममा बाराका पत्रकारहरूले पनि नयाँ नेतृत्व चयनका लागि मतदान गरेका थिए ।
मतगणना पूरा भएपछि समाजवादी प्रेस सङ्गठनका उम्मेदवार सुवेदीले नेपाल पत्रकार महासङ्घ बाराको अध्यक्ष पदमा जित हासिल गरेका हुन् ।
निर्वाचनपछि सुवेदीले आफ्नो जितलाई पत्रकारहरूको एकता र सहकार्यको सङ्केतका रूपमा व्याख्या गर्दै सबैलाई धन्यवाद ज्ञापन गरे । उनले भने, “यो जित सबै पत्रकार मित्रहरूको विश्वास र सहयोगको परिणाम हो । आगामी दिनमा पत्रकारिताको गरिमा बढाउन म समर्पित रहनेछु ।”