कलैया,प्रहरी चौकी मटिअर्वाको सहकार्यमा निर्माण गरिएको सार्वजनिक चौताराको सोमवार उद्धाटन गरिएको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० मट्टीअर्वामा प्रहरी चौकी मट्टीअर्वाको सहकार्यमा निर्माण भएको सो चौताराको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले एक समारोहबीच उद्धाटन गर्नुभएको हो ।

प्रहरी उपरीक्षक बोगटीले प्रतीक्षालयमा निर्माणकार्यमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नेहरुलाई धन्यवाद दिनुभएको थियो ।

उद्घाटन कार्यक्रममा प्रहरी उपरीक्षक बोगटीले जिल्ला प्रहरी कार्यालय बाराको मातहतका प्रहरी युनिटहरुलाई सीमा क्षेत्रबाट हुने तस्करीलाई सुन्यमा झार्न गर्ने निर्देशन दिनुभएको छ ।

कार्यक्रममा मट्टीअर्वा प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायब निरीक्षक जितेन्द्र झा पुर्ववडा अध्यक्ष शंकरप्रसाद गुप्ता, आबिद हुसेनलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply