सिमरा,बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित पूर्व–पश्चिम लोकमार्गस्थित आधाभार जंगलमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । काकडभिट्टाबाट नारायणघाटतर्फ जादै गरेको ना.६.ख.५०६ न.को बसले सडकको लेन बढी च्याप्दा काठमाडौँबाट बाराको सिम्रौनगढ आउँदै गरेको ना.८.ख.४४०६ न.को बस अनियन्त्रित भई सडकको बायाँ साइडमा पल्टदा यात्रुहरु घाइते बनेका हुन ।

घाइते हुनेमा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ९ बस्ने जगदिश मुखिया, सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ बस्ने देवाल प्रसाद यादव, कलैया उपमहानगरपालिका वडा नम्बर १५ बकुलहर बस्ने हरिन्द्र सहनी, पथरहट्टी बस्ने जलेश्वर सहनी, सिम्रौनगढ नगरपालिका बस्ने मैरुनेशा खातुन, पचरौता नगरपालिका वडा नम्बर ९ बस्ने पुनम मुखिया, सोही ठाउँ बस्ने बिकाशकुमार यादव, सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ बस्ने अजय यादव र सोही ठाउँ बस्ने संजितप्रसाद यादव रहेका छन् ।

घाइते सबैको उपचार नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भइरहेको बाराका प्रहरी प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । दुर्घटनामा बसमा सवार ३२ जना मध्ये ९ जना घाइते भएको उपरीक्षक मिश्रले बताउनुभयो । घाइते मध्ये ४ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here