नरेश गुप्ता
बरियारपुर – सशस्त्र प्रहरी बल प्रदेश नम्बर २ का डिआईजि राजु अर्यालले सिमा नाकामा हुने विभिन्न खाले चुनौती सामना गर्न थप बोर्डर आउट पोष्ट स्थापना हुन लागेको बताउनु भएको छ । बाराको सुवर्ण गांउपालिका कवही गोठ २ स्थित नव निर्मित सशस्त्र प्रहरी बोडर आउट पोष्ट भवनको आईतवार उदघाटन गर्दै उहाले सिमा नाकाको सुरक्षामा सशस्त्र प्रहरी रातदिन खटने बताउनु भयो ।
जनताको जिउ धन अमन सुख ,सिमा स्तम्भको रेखदेख , चोरी पैठारी निकासी नियन्त्रण , लागुऔषध नियन्त्रण अबैध ,हातहतियार ओसारपसार नियन्त्रण ,मानव बेचबिखन नियन्त्रणमा सशस्त्र प्रहरीको ठूलो जिम्मेवारी रहेको वहाले बताउनु भयो । स्थापना भएको बिओपिले ७ किलो मिटर क्षेत्रमा आफ्नो सिमानाका सुरक्षा गर्ने अर्यालले बताउनु भयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै बाराका प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोख्रेलले बारामा मुख्य भंसार स्थापना गर्नु पर्ने र त्यसको लागि गृहकार्य भैरहेको जानकारी दिनु भयो ।
भंसार स्थापना भएपछी तस्करी समेत नियन्त्रणमा आउने वहाले बताउनु भयो । त्येसै गरि बाराको सिमरौनगढ नगरपालिका १ स्थित बिरेन्द्र चौकमा पनि बोडर आउट पोष्टट्को नव निर्मित भवनको डिआईजि अर्यालले उदघाटन गर्नु भयो । नाति कन्ट्रकसन कम्पनीले ९९ लाख ९९ हजर ९०६ रुपैयाको लागतमा प्रती बिओपिको नव निर्मित भवनको निर्माण भएको बाराको सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुबेदिले बताउनु भयो ।
नव निर्मित भवनको उदघाटन कार्यक्रममा सुवर्ण गांउपालिकाको अध्यक्ष महेन्द्र प्रसाद यादवले मायाको चिनो दिएर डि आई जि अर्याललाई समान गरिएको थियो । उदघाटन कार्यक्रममा देवताल गाउपालिकाका अध्यक्ष चन्दन सिह , सुवर्ण गांउपालिकाको उपाध्यक्ष बबिता यादव , प्रमुख प्रशासकिय अधिकृत नवीन श्रीबास्तव लगायत स्थानीय भद्रभलादमी , सुरक्षाक्रमी संचारक्रमिको सहभागिता रहेको थियो ।