हेटौंडा –  मकवानपुरको वकैयाँ गाउँपालिका वडा नम्बर ७ कालिवन सामुदायिक वन क्षेत्रमा जथाभावि खोला दोहन गर्ने एउटा एक्साभेटर जिल्ला वन कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । एक हप्तादेखि खोला दोहन गरेर खहरे खोला उत्खनन् गर्दै आएको एक्साभेटर प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेलले वताउनुभयो ।

 

 

 

 

 

तराई–काठमाण्डौ दु्रत मार्ग निर्माणको क्रममा वातावरणिय प्रभाव मुल्याङकन (आईई) नगरिकन एक्साभेटरले खोला खनेपछी जिल्ला वन कार्यालय मकवानपुरले एक्साभेटर नियन्त्रणमा लिएको हो । जथाभावि रुपमा खोला दोहन गर्ने एक्साभेटर आज जिल्ला वन कार्यालय मकवानपुरमा ल्याउन लागिएको पौडेलले वताउनुभयो ।

 

 

 

 

 

दु्रतमार्ग निर्माण गर्ने ठाउँमा वैधानिक तरिकाले ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् गरेर ल्जानुपर्ने हुन्छ । तर, नेपाली सेनाले निर्माण कम्पनि मार्फत खोलाबाट त्यसै उत्खनन् गरेर सामाग्री लैजान लागिएकोले नियन्त्रणमा लिइएको उहाँले वताउनुभयो । नियन्त्रणमा लिइएको एक्साभेटर छुटाउनका लागि नेपाली सेनाले पटक पटक दवाव दिएको र सेनाको टोली समेत पठाएको जिल्ला वन प्रमुख पौडेलले वताउनुभयो । नियन्त्रणमा लिइएको एक्साभेटरका विरुद्धमा वन कार्यालयले मुद्धा चलाउने तयारी गरेको छ ।

 

 

 

 

 

मकवानपुरका चुरे र वन क्षेत्रमा उत्खनन् गर्ने ट्याक्टरहरु समेत वन कार्यालयले नियन्त्रण लिदै आएको छ । हेटौंडाको कमाने, चुरीयामाइ लगायतका क्षेत्रमा ट्याक्टरले उत्खख् गर्ने गरेको पाएमा नियन्त्रणमा लिदै आएको वन कार्यालयले जनाएको छ । वन क्षेत्रमा आईई नगरिकन उत्खनन् गरेमा नियन्त्रण गर्ने नियम सवैतिर भएपनि कार्यान्यन त्यती हुन सकेको छैन । तर, जिल्ला वन कार्यालय मकवानपुरले भने नियन्त्रणमा लिएको हो ।

Leave a Reply