राजन कुमार बानिया

पोखरिया – करोना भाइरस विरुद्धको जनचेतनामूलक कार्यक्रम धोबिनी गाउँपालिका वडा.४ लंगडी चौकमा शनिबार सम्पन्न भएको छ । धोबिनी गाउँपालिका वडा न.४ का वडा अध्यक्ष मजिद मियाको अध्यक्षतामा सम्पन्न भएको छ।“कराेना भाइरसबाट बचाैं र बचाऔं” मुल नाराकाे साथ भएकाे कार्यक्रममा नोबेल करोना भाइरसबाट बच्ने उपायबारे जानकारी गराउनुकाे साथै यात्रु एवं उपस्थित सम्पुर्णलाई माक्स वितरण गरिएको थियाे ।

 

 

 

 

 

कार्यक्रममा प्रहरी चौकी लंगडीका प्रहरी नायब निरीक्षक बसन्त थापा, जयराम यादव,नारायण लुगेली,गाउपालिका का वडा न. ३ अध्यक्ष राजकिशोर पटेल,सदस्य कमल ठाकुर,बुनिलाल पटेल ,सन्जुर मिया,अलियास मिया,मदन सहनी,राजनारायण पटेल,सुल्तान मिया धोबी,अनिल साह,लगयतको सहभागिता रहेकाे थियोे भने कार्यक्रमकाे संचालन सुदिल पटेलले गरेका थिए। तयसतै इलाका प्रहरी कार्यालय पाेखरियाकाेले पाेखरियामा काराेना भाइरस सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

 

 

 

 

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पाेखरिया नगरपालिकाकाे वडा नं. ४ स्थित पाेखरिया बजारमा कार्यक्रम सम्पन्न भएकाे हाे । पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उप मेयर सलमा खातुन, संविधान सभा सदस्य प्रधुमन प्रसाद चौहान, वडाध्यक्ष लक्षमण साह कानु, सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाका प्रहरी निरिक्षक निसान्त थापा लगायतको सहभागि रहेको थियो ।

 

 

 

 

 

कार्यक्रममा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले काेराेना भाइरसकाे लक्षण र बच्ने उपाय बारे वताउनुकाे साथै पर्चा पम्पलेट र मास्क समेत वाडिएकाे थियाे । कार्यक्रममा वाेल्दै सिंहले एक सय ४ डिग्री भन्दा बढी ज्वरो लागे, स्वास प्रस्वासमा गह्रो, ज्वरो आएको छोटो समयमा निमोनिया हुने, निमोनिया बढदै गएर मृगौलाले काम गर्न नसकने काेराेना भाइरसकाे लक्षण भएकाे सिंहले वताउनु भयाे ।

 

 

 

 

 

 

उहांले त्यसबाट बाच्न अनिवार्या मास्कको प्रयोग गर्न, कोरोना भाईरस तातो पानीले कमजोर हुने हुदा सकेसम तातो पानी खाने, प्राय सुर्यको किरणमा रहन, खोक्दा वा छिक्दा अन्य व्यक्तिकाे समपर्कबाट टाडा रहन, कसै संग भेटदा वा हात मिलाउदा अंकमाल गर्नु भन्दा नमस्कार गर्न, कोरोना भाईरसको जिवाणु धातुजन्य सतहमा १२ घण्टा सम र कपडा पोसाकमा ६ घण्टा देखी १२ घण्टा सम्म जिबित रहने हुदा हातलाई बारम्बार साबुन पानीले धुन, पशुजन्य मासु तथा अण्डा राम्रो संग पकाएर खान सहभागिहरुलाई आग्रह गर्नु भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here