कृष्णउदास खनाल

वीरगन्ज,सरकारले आगामी मंसिर ४ गतेका लागि प्रदेश र संघीय चुनावको घोषणा गरेपछि मधेश प्रदेशको पर्सा जिल्लामा पनि यसको रौनक बढेको छ । केहीले फेसबुकमार्फत नै उम्मेदवारी घोषणा गरेका छन् भने कोही टिकटको लागि लबिंगमा रहेका छन् ।

मंसिर ४ जति नजिक आउदैछ,उत्ति जिल्लामा चुनावी सरगर्मी पनि बढ्दैछ । पर्सा जिल्लामा रहेका चारवटै निर्वाचन क्षेत्रमा अहिले नकेपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकदम नजिकबाट नियालीरहेको एमाले श्रोतले जनाएको छ ।

२०७४ सालमा सम्पन्न भएको संसदीय चुनावमा पर्सामा तत्कालिन संघीय समाजवादी फोरमले निर्वाचन क्षेत्र नम्बर १,२ र ३ तथा ४ मा तत्कालिन रापजाले जित हाँसिल गरेपछि पर्सा जिल्ला मधेसवादी दलहरुको गढको रुपमा चिनिएको थियो । यसअघिनेपाली काँग्रेसको गढको रुपमा चिनिएको यो जिल्लामा पछिल्लो समय कांग्रेश कमजोर देखिदै आएको छ । पर्सामा कांग्रेशको पराजयलाई पार्टीभित्रको अन्तरघात प्रमुख कारणको रुपमा हेरिएको छ । अन्तरघात नहुने हो भने जिल्लामा काँग्रेसलाई हराउने शक्ति नभएको स्वयम् अघिल्लो चुनावमा जितेका सांसदहरुले नै बताउदै आएका छन् ।

२०७४को चुनावको जस्तो अवस्था अहिले पर्सामा छैन । क्षेत्र नम्बर १ मा मन्त्री भएका कारण प्रदीप यादवले जित हासिल गर्न सक्ने अवस्था भएपनि अन्य क्षेत्रमा हालको जसपा र लोसपा कमजोर छ र अब दुबै दलले गठबन्धनबिना जित्ने संभावना अब छैन ।

यस्तो अवस्थामा एमालेका अध्यक्ष केपी ओलीले पर्साको क्षेत्र नम्बर ३ लाई पहिलो प्राथमिकतामा राख्दै सबै क्षेत्रमा जित हासिल गराउने लक्ष्य लिनुभएको बुझिएको छ । अध्यक्ष ओलीले सामान्य र तल्लो स्तरका काँग्रेसका कार्यकर्ताहरुलाई समेत आफैले फोन गरेर पार्टीको पक्षमा माहौल बनाइरहेको एमालेका जिल्ला नेताहरुले बताएका छन् ।

स्थानीय चुनावमा एमालेले पर्सामा गठबन्धनका बावजुद पनि राम्रो अवस्था सृजना गरेको भन्दै पर्सामा जित्न सकिने ओलीको बिश्लेषण छ । यसका लागि एमालेले यस पटक पर्सामा फरक खालका उम्मेदवार उठाउने तयारी गरिरहेको बुझिएको छ । क्षेत्र नम्बर ३ बाहेकका क्षेत्रमा नयाँ उम्मेदवार उठाउने तयारीमा ओली रहनु भएको श्रोतको भनाइ छ ।

काँग्रेसका शीर्ष नेता एमाले प्रवेश गर्दैै

स्थानीय तहको चुनावमा अनपेक्षित रुपमा वीरगन्जका तत्कालिन मेयर नै एमालेमा प्रवेश गरेपछि पर्साको राजनीतिमा तरंग उत्पन्न भएको थियो । बिजय सरावगी वीरगन्जको मेयरमा पराजित भए पनि उहाँले ल्याएको मतका आधारमा वीरगन्जमा एमाले उत्साहित नै रहेको एमाले वीरगन्ज नगर समितिका नेताहरुले बताएका छन् । एमाले श्रोतका अनुसार नेपाली काँग्रेसका एक शीर्ष नेता नै एमाले प्रवेशको तयारीमा रहेका छन् र उनी नै क्षेत्र नम्बर १ वा २ बाट संसदीय चुनावका लागि उम्मेदवार बन्ने सक्ने अवस्था रहेको एमाले पर्सामा एक नेताले बताए । ती नेताका अनुसार काँग्रेस पर्सामा शीर्ष नेता केही दिनमा एमालेमा प्रवेश गर्नेछन् र उनीले संसदीय चुनावमा टिकट पाउने संभावना छ ।

क्षेत्र नम्बर १ मा काँग्रेसबाट प्रवेश गरेका व्यक्ति,२ मा बिजय सरावगी,३ मा राजकुमार गुप्ता र ४ मा यस्तै हेभिवेट उम्मेदवारको खोजीमा एमाले रहेको र त्यसको पनि टुंगो लागेको एमाले पर्सा श्रोतले जनाएको छ । पर्सामा संघीय चुनावका लागि गठबन्धन हुने संभावना कम रहेको र गठबन्धन भएपनि माओवादीले ४ नम्बर बाहेकका क्षेत्र गुमाउने खतरा रहेकाले माओवादीको मत समेत तानेर चुनावी जित्ने तयारीमा एमाले रहेका कारण ओलीको नजर पर्सामा परेको हो । पर्सामा एमाले मधेसवादी दल र काँग्रेसको गढ भत्काउन केन्द्रित रहेको र त्यो आफूहरुका लागि पनि टाउको दुखाइको बिषय नभएको माओवादी पर्सामा नेताहरुले बताएका छन् ।

Leave a Reply