निजगढ,निजगढ राइडर्स क्लबले हिमालयन राइर्डस हेटौडाका मेची– महाकाली साइकल यात्रीहरुको मंगलवार निजगढमा स्वागत गरेको छ । नेपाल स्वयमसेवक संघ निजगढले पनि यात्रीहरुको मंगलवार नै स्वागत गरेको थियो ।निजगढ राइर्डसका सदस्यहरुले बारा र रौतहटको सिमानामा पर्ने धन्सार नदीको पुलमा पुगेर यात्रीहरुलाई स्कर्टिङ्ग गरेर निजगढमा ल्याएका थिए भने स्वयमसेवक संघले निजगढको शहिद चोकमा सइकल यात्रीहरुको स्वागत गरेको थियो ।राइडर्स क्लब निजगढका अगुवा मधुसुदन थारुले यात्रुहरुको लागि बिहानी खानाको व्यवस्था गर्नुभएको क्लबका सदस्य समुन्द्र नेपालले जानकारी दिनुभयो ।हिमालयन राइडर्सका भानुभक्त आचार्यले साइकल चढनेहरुलाई प्रोत्साहित गर्न र स्वदेशमै रोजगारी सृजना गर्ने कार्यमा सरकारलाई दवाव दिन यात्रा शुरु गरिएको बताउनुभयो । उहाँले सइकलको प्रयोग बढाउनुपर्ने बताउदै यसले व्यक्तिको स्वास्थ्य र देशको अर्थतन्त्रमा पनि सकरात्मक प्रभाव पर्ने बताउनुभयो ।उहाँले पूर्वको काकटभिट्टाबाट गत कार्तिक ११ गते मेची महाकाली यात्रा सुरु गरेको र पश्चिमको महाकाली नदीको किनारामा अवस्थित भिमदत्त नगरपालिकामा पुगेर यात्रा समापन गरिने जानकारी दिनुभयो ।



















