निजगढ,निजगढ नगरपालिका वडा नम्बर ८ की मृगौला पीडित अन्जली माझीको उपचारको लागि निजगढको साथी सहकार्य युवा क्लबले ५० हजार ५ सय रुपैया सहयोग गरेको छ ।अन्जलीको उपचार खर्च जुटाउन निजगढका विभिन्न स्थानमा संचालन गरिएको सांस्कृतिक प्रस्तुतिमार्फत प्राप्त भएको रकम क्लबका अध्यक्ष विपुल लामाले अन्जलीकी आमा शर्मिला कुश्वारलाई प्रदान गर्नुभएको हो ।क्लबका अध्यक्ष लामा नेतृत्वको टोलीले अस्पतालमा पुगेर सो रकम हस्तान्तरण गरेको हो । क्लबले सामाजिक संजाल र सांगीतिक कार्यक्रममार्फत अन्जलीको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन अभियानलाई निरन्तरता दिने अध्यक्ष लामाले बताउनुभयो ।काठमाडौंस्थित वीर अस्पतालमा शर्मिलाको उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here