राजनकुमार बानिया

पोखरिया, ३० साउन– स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएपछि थप उपचारका काठमाडौँ पुर्याइएका पर्साको पर्सागढी नगरपालिकाका नगरप्रमुख लोकनारायण यादवमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मेयर यादवले वीरगंजमा दुई पटक कोरोना परीक्षण गराउँदा पनि नेगेटिभ देखिएको कोरोना काठमाडौँस्थित मेडिसिटि हस्पिटलमा भने पोजेटिभ देखिएको हो ।

नगरप्रमुख यादवलाई श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार हेलिकप्टर चार्टर गरेर काठमाडौँ लागिएको थियो । त्यसअघि उहाँ चार दिनदेखि वीरगंजस्थित तराई हस्पिटलको अईसियु कक्षमा उपचाररत हुनुहुन्थ्यो ।

नगरप्रमुख यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको छ । उहाँले वीरगंजस्थित नारायणी अस्पतालमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपनि शंका लागेर काठमाडौँमा पुनः परीक्षण गराउदा कोरोना पोजेटिभ देखिएको बताउनुभएको छ ।

हाल आफु ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत रहेको पनि फेसबुक स्टाटसमार्फत उहाँले बताउनु भएको छ ।

मेयर यादवको वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ भएको भएपनि सोमबार काठमाडौँमा गरिएको स्वाब परीक्षणमा भने कोरोना भाईरस (कोभिड– १९) संंक्रमणको पुष्टि भएको हो ।

Leave a Reply