आर.के.चौधरी
सखुवाप्रसौनी,
जिल्ला खो–खो संघ पर्साको आयोजनार श्री दिपनरायण आदर्श नमुना माध्यमिक विद्यालयको सहआयोजनामा जिल्लाबाट महिला तथा पुरुष खो–खो खेलाडीहरुको छनौंट कार्य सम्पन्न भएको हो ।
सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवको प्रमुख अतिथ्यतामा औरहा पन्चगावास्थित विद्यालयको खेलमैदानमा भएको सो छनौंट कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक शिवनाथ थारुले गर्नुभएकोे जिल्ला खो–खो संघ पर्सा अध्यक्ष राजकपुर चौधरीले जानकारी दिनुभयो ।


















