नरेश गुप्ता

बरियारपुर,पराल बोकेर डुडिरहेको टेक्टरबाट खरेर बाराको जीतपुरसिमरामा एकजना गंभीर घाइते बनेका छन ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगंजस्थित ४ नम्बर पुल नजिक पूर्वपश्चिम लोकमार्गको सडक खण्डमा पथलैयाबाट हेटौडातर्फ जादै गरेको ना.३.त ७२२ नम्बरको पराल बोकेको टेक्टरमा सवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बरब १० बेहरा बस्ने वर्ष ३५ का सुनेश्वर महतो घाइते बनेका हुन ।

टेक्टरबाट खसेपछि उनलाई चक्काले किचेको र गंभीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । उनी अचानक टेक्टरबाट खसेको प्रवक्ता थापाले बताउनुभयो । घाइतेको उपचारको लागि वीरगन्जस्थित वयोधा अस्पताल वीरगन्जमा पठाइएको छ ।

टेक्टर चालक परवानीपुर गाउँपालिका वडा नम्बर २ बस्ने बाबुलाल महतोलार्य प्रहरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here