वीरगंज, भाद्र ।
लायन्स क्लब अफ वीरगञ्ज संस्कृती गोल्डको आयोजना तिजविशेष कार्यक्रम सम्पन्न भएको छ ।
क्लबकी अध्यक्ष आयुषी तुलस्यानको अध्यक्षतामा ‘यसपालीको तिज, राष्ट्र सेवकबिच’ भन्ने नाराका साथ तिज विशेष कार्यक्रम सम्पन्न भएको हो । वीरगञ्जको आदर्शनगरस्थित होटल कैलाशमा नेपाल आर्मीमा आवद्ध महिलाहरुको उपस्थितीमा तिजविशेष कार्यक्रम सम्पन्न भएको हो ।
वीरगञ्जस्थित नेपाल आर्मीको चण्डी प्रसाद गणका गणपति डायमण्ड कार्कीकी श्रीमती समित्रा कार्की लगायत महिला सुरक्षाकर्मीहरुको उपस्थितीमा तिज मनाइएको क्लबी अध्यक्ष तुलस्यानले जानकारी दिइन् ।
राष्ट्रसेवक कर्मचारीहरुलाई कामसँगै मनोरञ्जनमार्फत प्रोत्साहन गर्ने अभिप्रायले तिज विशेष कार्यक्रममा उनीहरुलाई सहभागी बनाइएको उनको भनाई छ ।