हुनत यो देशमा नबढेको भन्ने कुरा केही पनि छैन । तर,देशमा मात्र होइन बिश्व बजार नै महँगी बढेको छ । तर बिश्व बजारको सबैको आआफ्नै तौरतरिका छन् । मुल्य बढ्दा त्यसको व्यवस्थापन गर्ने तरिका देश अनुसार फरक छ नै ।
नेपालभन्दा गरिब देशहरुको अवस्था झनै नाजुक छ ।

जहाँ लडाइ भइरहेको छ,त्यहाँ झन् समस्या छ तर नेपाल अहिले सबै कुरामा ठीकठाक भएपनि नागरिकहरुको जीवनस्तर भने समान छैन । सबै नेपालीहरुको अवस्था दयनीय पनि छैन ।एक छाक खाएर जिविका चलाइरहेका नेपालीहरुका लागि धेरै कुरामा समस्या नहोला तर भान्छा नै महँगी हुँदा भने आम सर्वसाधारण नागरिकको दैनिकी कष्टकर हुदै गइरहेको छ । विशेषगरी परनिर्भर र बहरबजारमा रहेकाहरुलाई समस्या छ । बजारमा रहेकाहरुले सबै थोक नै किनेर खानु पर्ने हुन्छ ।

अब ग्याँस कै मूल्य बढेको छ । हुनत शहर बजारमा मानिस बाध्यताले पनि बस्ने गर्दछन् तर महँगीको मार गाउँमाभन्दा शहरमा नै बढी छ ।ग्याँसको सट्टा कोइला वा दाउरा तथा आधुनिक बिजुलीको चुल्हो नै बालिएको थियो भनेपनि महँगीको मार कम पर्ने थियो अनि आफूले धान उत्पादन गर्ने हो भने चामलको मूल्य बृद्धिसँग सरोकार नै हुने थिएन । तरअब मान्छेले काम गर्न पनि छाडे अनि सरकारतिर फर्किएर महँगी बढ्दो भनेर गाली गर्दैमा पनि समस्या समाधान हुँदैन ।
महँगी सरकारले नियन्त्रण गर्ने हो तर सरकारमा रहेकाहरु मन्त्री प्रधानमन्त्रीहरु नै महँगी बढाउनतर्फ लाग्छन् भने देशमा जनताको चाहनामा मात्रै महँगी नियन्त्रण हुुदैन यो कुरा पनि बुझ्न आवश्यक चैं छ ।

Leave a Reply