सिगौंल,निजगढ नगरपालिका वडा नम्बर २ वडा कार्यालयले वडाका जेहेन्दार, विपन्न र दलितसमेत गरी ६ जना छात्राहरुलाई साइकल वितरण गरेको छ । सोमबार निजगढ नगरपालिका वडा नम्बर २ स्थित सामुदायिक भवनमा आयोजित एक कार्यक्रममा छात्राहरुलाई साइकल वितरण गरिएको हो ।
वडा समितिको निर्णयानुसार चालू आवमा बिनियोजित ५० हजार रकमबाट साइकल खरिद गरी वितरण गरिएको वडा अध्यक्ष केशव ढोडारीले जानकारी दिनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य पदमबहादुर भुजेल, वडा सदस्यहरु मिनबहादुर दर्लामी, बखतबहादुर राई, इन्द्रदेवी थापा तथा मनमाया बिकको सहभागिता रहेको थियो ।